Home » Blog » पर्सा क्षेत्र नं १ बाट प्रत्यक्षतर्फ अनिल रुङ्टाको एकल नाम सिफारिस

पर्सा क्षेत्र नं १ बाट प्रत्यक्षतर्फ अनिल रुङ्टाको एकल नाम सिफारिस

Ankushdaily
0 comment 224 views
विरगंज ।
नेपाली कांग्रेस पर्सा क्षेत्र नं १ को आज बसेको बैठकले आगामी राष्ट्रिय सभा प्रतिनिधि सभाको प्रत्यक्ष र समानुपातिकतर्फ सिफारिस गरेको छ। क्षेत्र नं १ का कार्यवाहक अध्यक्ष अनिल सिंहको अध्यक्षतामा बसेको बैठकले पर्सा निर्वाचन क्षेत्र नं एकको प्रत्यक्षतर्फ अनिल कुमार रुङ्टाको एक मात्र नाम सिफारिस गरिएको महाधिवेशन प्रतिनिधि दिनेश पन्तले बताए।
प्रतिनिधि सभाको समानुपातिकतर्फ जनजाति तर्फ राजकृष्ण अमात्य र ईश्वरभक्त श्रेष्ठ, महिला तर्फ किरण सरकार, दलित तर्फ बुनेल राम, मुस्लिम महिलामा कसीमा खातुन र राष्ट्रिय सभाको हुने निर्वाचनमा दलित तर्फ शम्भु हजरा, अपाङ्ग सन्तोष सिंह र महिलामा अनामिका यादवको नाम सिफारिस गरिएको बताइन्छ।
आजको बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अनिल कुमार रुङ्टा, नेपाली कांग्रेस पर्साका कार्यवाहक अध्यक्ष रामनारायण कर्मी लगायत महाधिवेशन प्रतिनिधिहरूको उपस्थिति भएता पनि क्षेत्र नं १ को कार्यसमितिको कोरम नपुगेको पर्सा क्षेत्र नं १ का क्षेत्रीय सचिव विनय गुप्ताले बताए। यस सन्दर्भमा नेपाली कांग्रेस पर्सा क्षेत्र नं १ का कार्यवाहक अध्यक्ष अनिल सिंहसँग बुझ्दा उनले विधिसम्मत बैठक बसेको र पर्सा क्षेत्र नं १ बाट प्रत्यक्षतर्फ प्रतिनिधि सभामा एकल नाम अनिल कुमार रुङ्टा मात्र आएकोले सिफारिस गरिएको बताए।
मुस्लिम महिलामा सिफारिस भएकी कसीमा खातुनले आफू सँग पाँच हजार एक सय रुपैया सिफारिस दस्तुर लिएको र रसीद पनि नदिएको बताइन्। यस सन्दर्भमा बुझ्दा कार्यवाहक सभापति सिंहले प्रत्यक्षतर्फ रु एघार हजार र समानुपातिकतर्फ रु पाँच हजार एक सय रुपैयाँ सिफारिस दस्तुर लिने सहमति बमोजिम लिएको बताए।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.