Home » Blog » रजत जयन्तीमा महालक्ष्मी सहकारीद्वारा वीरगंज महानगरलाई ४३ थान कुर्सी हस्तान्तरण

रजत जयन्तीमा महालक्ष्मी सहकारीद्वारा वीरगंज महानगरलाई ४३ थान कुर्सी हस्तान्तरण

Ankushdaily
0 comment 23 views
वीरगंज।
महालक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो २५औं रजत जयन्ती वर्ष २०८२ को अवसरमा सामाजिक उत्तरदायित्वअन्तर्गत वीरगंज महानगरपालिकालाई ४३ थान कुर्सी हस्तान्तरण गरेको छ।
जेन्जी आन्दोलनपछि सभाकक्षमा कुर्सीको अभाव देखिएपछि सहकारीले करिब दुई लाख रुपैयाँ बराबरका कुर्सीहरू प्रदान गरेको हो। एक औपचारिक समारोहमार्फत नगर प्रमुख राजेशमान सिंहलाई कुर्सी हस्तान्तरण गरिएको थियो।
कार्यक्रममा डा. दीपक शाक्यले महानगरपालिकालाई सहयोग र सम्बर्द्धन गर्नु संस्थाको दायित्व भएको उल्लेख गरे। त्यस्तै, प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले सहयोगका लागि धन्यवाद व्यक्त गर्दै आगामी दिनहरूमा पनि निरन्तर सहकार्यको अपेक्षा व्यक्त गरे।
कार्यक्रममा इञ्जिनियर प्रकाशमान सिंह अमात्य, संस्थाका प्रबन्धक जितेन्द्र वर्मा, रविन्द्र कुमार रायलगायतको उपस्थिति थियो।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.