Home » Blog » सशस्त्र प्रहरीद्वारा ९१ केजी गाँजा बरामद

सशस्त्र प्रहरीद्वारा ९१ केजी गाँजा बरामद

Ankushdaily
0 comment 9 views
वीरगञ्ज ।
पर्सामा सशस्त्र प्रहरी बलले ठूलो मात्रामा लागुऔषध गाँजा बरामद गरेको छ। भारततर्फ तस्करी गर्ने तयारी भइरहेको अवस्थामा प्रहरीले ९१ किलो गाँजा पक्राउ गरेको हो।
सशस्त्र प्रहरीद्वारा सिमावर्ती क्षेत्रमा चलाइएका तस्करी नियन्त्रण अभियानका क्रममा ठोरी गाउँपालिका–४, निर्मल बस्तीबाट उक्त गाँजा फेला पारिएको जनाइएको छ।
बरामद भएको गाँजा आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धान र कारबाहीका लागि ईलाका प्रहरी कार्यालय, ठोरीमा बुझाइएको सशस्त्र प्रहरीको भनाइ छ।
सूचना अधिकारी तथा सशस्त्र प्रहरी नायब उपरीक्षक विश्वराज योन्जनका अनुसार तस्करी नियन्त्रणलाई अझ प्रभावकारी बनाउन निरन्तर अपरेशन र नियमित गस्तीलाई तीव्रता दिइएको छ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.