Home » Blog » तराई डायग्नोस्टिकमा रक्तदान कार्यक्रम सम्पन्न, ६० जनाले गरे रक्तदान

तराई डायग्नोस्टिकमा रक्तदान कार्यक्रम सम्पन्न, ६० जनाले गरे रक्तदान

Ankushdaily
0 comment 29 views
राम विशवास चौधरी,
पोखरिया ।
पोखरिया नगरपालिका–४ स्थित तराई डायग्नोस्टिकमा आज आयोजित रक्तदान कार्यक्रममा २ महिलासहित ६० जनाले रक्तदान गरेका छन्।
तराई डायग्नोस्टिकका सञ्चालक रिपेश मालीको पहलमा आयोजित कार्यक्रममा डा. आनन्द रौनियारले उद्घाटन गर्दै रक्तदान जस्तो मानवीय कार्यले समाजमा सकारात्मक सन्देश फैलाउने उल्लेख गरे।
रक्तदान गर्नेहरूमा दिलिप रौनियार, कृष्णा, सुमित, अमृता चौहान, रामविश्वास महतोलगायतको सक्रिय सहभागिता थियो।
कार्यक्रममा वडा–९ का वडा अध्यक्ष नौसाद आलम, रक्तसञ्चार केन्द्र वीरगञ्जका प्रमुख सरौभराज पाण्डे,पोखरिया रेडक्रसका सभापति भगवान कुर्मी, पत्रकार धर्मेन्द्र चौरसिया, रामविश्वास चौधरी, गणेश प्याथोलोजीका सञ्चालक विजय साह लगायतको उपस्थिति रहेको थियो।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.