Home » Blog » लायन्स क्लबद्वारा बिन्दवासिनीमा निःशुल्क आँखा एवं दन्त शिविरको आयोजना, १७५ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया गरिने

लायन्स क्लबद्वारा बिन्दवासिनीमा निःशुल्क आँखा एवं दन्त शिविरको आयोजना, १७५ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया गरिने

Ankushdaily
0 comment 20 views
वीरगञ्ज — लायन्स क्लब अफ वीरगञ्ज, लायन्स क्लब अफ वीरगञ्ज विजयपथ, लायन्स क्लब अफ वीरगञ्ज सेस्मी एकेडेमी र लायन्स क्लब अफ वीरगञ्ज पिंक सिटीद्वारा आज वीरगञ्ज महानगरपालिका – १९, बिन्दवासिनी बर्वा गोग टोलमा संयुक्त रूपमा आयोजित निःशुल्क आँखा एवं दन्त शिविर सफलतापूर्वक सम्पन्न भएको छ। स्थानीयवासीको उल्लेख्य उपस्थिति रहेको शिविरमा रामकुमार महावीर प्रसाद केडिया आँखा अस्पताल परवानीपुर वीरगञ्जका अनुभवी नेत्ररोग विशेषज्ञ डा. कौसल कुमार कर्ण, लालबाबू पटेल, सन्तोष ठाकुर, राजेश प्रसाद यादव, बिन्दु साह, कृष्णा रौनियार, सोम बहादुर श्रेष्ठ, नवराज यादव लगायतको चिकित्सक टोलीले परामर्श तथा विभिन्न आँखा समस्या सम्बन्धी परीक्षण प्रदान गरेको थियो।
शिविरमा ४६४ जनाले निःशुल्क परामर्श लिएका थिए ।
परीक्षणका क्रममा १७५ जनामा मोतिबिन्दु पहिचान भएको लायन्स इन्टरनेशनलका डिष्ट्रिक्ट चिफ लायन विजय गुप्ताले जानकारी दिएका छन् , उनका अनुसार गम्भीर अवस्थामा रहेका सबै १७५ जनाको केडिया आँखा अस्पताल वीरगञ्जमा पूर्ण रूपमा निःशुल्क मोतिबिन्दु शल्यक्रिया गरिनेछ, त्यसैगरी शिविरमा परिवार डेन्टल क्लिनिक वीरगञ्जका दन्त रोग विशेषज्ञ डा. विकास पटेल र बन्दना ठाकुरले १९० जनाको दन्त परिक्षण गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै डिष्ट्रिक्ट चिफ गुप्ताले शिविरले स्थानीयलाई सहज रूपमा सेवा प्रदान गरेको बताए, उनले लायन्स क्लबले यस्ता स्वास्थ्यमूलक कार्यक्रमहरू निरन्तर रूपमा सञ्चालन गर्न आयोजक पक्षलाई आग्रह गरेका थिए।
लायन्स इन्टरनेशनलका जोन चेयरपर्सन लायन सुनिल गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसकाका डिष्ट्रिक्ट एडवाइजर लायन मनोहर टिबडेवाल, लायन्स क्लब अफ वीरगञ्ज पिंक सिटीकी उपाध्यक्ष लायन कुसुम वर्णवाल, लायन्स क्लब अफ वीरगञ्जका कोषाध्यक्ष लायन बंशराज गुप्ता, लायन रूपशिला जैसवाल लगायत स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.