Home » Blog » रास्वपा धोबिनी गाउँपालिकाको सभापतिमा पूर्व प्रहरी निरीक्षक कुर्मी चयन

रास्वपा धोबिनी गाउँपालिकाको सभापतिमा पूर्व प्रहरी निरीक्षक कुर्मी चयन

Ankushdaily
0 comment 86 views
विरगंज ।
अवकाश प्राप्त प्रहरी निरीक्षक ललनप्रसाद कुर्मी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को धोबिनी गाउँपालिकाको सभापतिमा चयन भएका छन्। आज सम्पन्न रास्वपा धोबिनीको प्रथम पालिका भेलाले कुर्मीलाई सर्वसम्मत रूपमा सभापतिमा चयन गरेको हो। उनी पूर्व प्रहरी परिषद् पर्सा जिल्लाका अध्यक्षसमेत हुन्।
भेलाले उपसभापतिमा निरज पटेल, सचिवमा उदित नारायण पटेल, कोषाध्यक्षमा वृज लाल पटेल तथा सदस्यहरूमा प्रमोद पटेल, नुबिन राम, सन्दिप पटेल, रामनरेश पटेल, सुरसती देवी, रजरीश पटेल र प्रियंका देवी पासवानलाई चयन गरेको छ।
रास्वपाका क्षेत्रीय सभापति जितेन्द्र मिश्रको सभापतित्वमा सम्पन्न उक्त भेलालाई रास्वपा पर्सा सभापति हरी पन्तलगायत नेताहरूले सम्बोधन गरेका थिए। सभापति पन्तले भदौ २३ र २४ गते जेन्जी पुस्ताले गरेको राजनीतिक हस्तक्षेप र विद्रोह देशका पुराना राजनीतिक दलहरूविरुद्धको विद्रोह भएको उल्लेख गर्दै अब देश र जनताले राष्ट्रिय स्वतन्त्र पार्टीलाई परिवर्तनको प्रमुख संवाहकका रूपमा हेर्न थालेको बताए। उनले आगामी निर्वाचनमा रास्वपाले स्पष्ट एकल बहुमत हासिल गर्ने दाबीसमेत गरे।
कृष्णा पासवानले सहजीकरण गरेको उक्त भेलालाई केन्द्रीय सदस्य नन्दन यादव, प्रमोद रायमाझी, सबु कँडेल, दिलीप कुर्मी, सोनालाल पटेल र परितोष द्विवेदीलगायत नेताहरूले सम्बोधन गरेका थिए।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.