Home » Blog » मन्त्रिपरिषद्को निर्णय: अब नेपालमा पनि १०० भन्दा माथिका भारतीय नोट चल्ने

मन्त्रिपरिषद्को निर्णय: अब नेपालमा पनि १०० भन्दा माथिका भारतीय नोट चल्ने

Ankushdaily
0 comment 12 views
विरगंज ।
अब एक सय रुपैयाँभन्दा ठूला दरका भारतीय नोट (भारु) नेपालमा पनि प्रयोग गर्न पाइने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले १०० भन्दा माथिका दरका भारतीय नोटलाई नेपालमा चलनचल्तीमा ल्याउने निर्णय गरेको हो।
यसअघि भारत सरकारले नेपाल र भुटानमा प्रतिव्यक्ति अधिकतम २५ हजार रुपैयाँसम्म १०० भन्दा ठूला दरका भारतीय नोट ल्याउन तथा लैजान अनुमति दिएको थियो। भारतको उक्त निर्णयलाई आधार मानेर नेपाल सरकारले पनि ती दरका भारतीय नोट नेपालमा प्रयोग गर्न दिने निर्णय गरेको जनाएको छ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.