Home » Blog » विद्यालय पोसाक र धार्मिक गतिविधिबारे हिन्दू सम्राट नेपालको प्रजिअ दाहाललाई ज्ञापनपत्र

विद्यालय पोसाक र धार्मिक गतिविधिबारे हिन्दू सम्राट नेपालको प्रजिअ दाहाललाई ज्ञापनपत्र

Ankushdaily
0 comment 11 views
वीरगञ्ज।
हिन्दू सम्राट नेपाल, पर्साले विद्यालयमा अध्ययनरत छात्रछात्राको पोसाक र धार्मिक गतिविधिका विषयमा गम्भीर ध्यानाकर्षण गराउँदै जिल्ला प्रशासन कार्यालय, पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई ज्ञापनपत्र बुझाएको छ। हिन्दू सम्राट नेपाल पर्सा जिल्ला कार्यसमितिका अध्यक्ष बिकाश साहको नेतृत्वमा गएको टोलीले उक्त ज्ञापनपत्र बुझाएको हो।
ज्ञापनपत्रमा विद्यालयमा अध्ययनरत छात्रछात्रा राष्ट्रका कर्णधार भएकाले सबै धर्मका विद्यार्थीका लागि एकसमान विद्यालय पोसाक लागू गर्नुपर्ने माग गरिएको छ। विद्यालयमा पोसाकको एकरूपता कायम गर्दा छात्रछात्राबीच कुनै किसिमको विवाद उत्पन्न नहुने जनाउँदै, हिजाब वा बुर्का लगाउने अभ्यासलाई अविलम्ब बन्द गरिनुपर्ने सुझाव दिइएको छ।
साथै, हिजाब वा बुर्का अनिवार्य मान्ने मुस्लिम धर्मावलम्बी छात्राहरूले इस्लामिक विद्यालयमा अध्ययन गर्न उपयुक्त हुने धारणा समेत ज्ञापनपत्रमा उल्लेख गरिएको छ।
त्यसैगरी, आउँदो डिसेम्बर २५ (क्रिसमस डे) का दिन विद्यालयमा हिन्दू विद्यार्थीहरूलाई जबरजस्ती ‘सान्टा’ बनाइने वा त्यस्ता गतिविधिमा सहभागी गराइने कार्य नगर्न ध्यान दिन आग्रह गरिएको छ।
हिन्दू सम्राट नेपालले यी विषयहरूमा प्रशासनले गम्भीर रूपमा ध्यान दिई आवश्यक व्यवस्था मिलाउनुपर्ने माग गरेको छ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.