Home » Blog » नेपाली होटल व्यवसायी संघको २३औँ वार्षिक साधारण सभा सम्पन्न

नेपाली होटल व्यवसायी संघको २३औँ वार्षिक साधारण सभा सम्पन्न

Ankushdaily
0 comment 28 views
काठमाडौं ।
नेपाली होटल व्यवसायी संघको २३औँ वार्षिक साधारण सभा मिति २०८२ मंसिर २७ गते काठमाडौंको बालाजुस्थित बालाजी बैंक्वेटमा सम्पन्न भएको छ।
संघका अध्यक्ष गणेश ढकालको अध्यक्षतामा आयोजित साधारण सभामा मानव सेवा आश्रमका अध्यक्ष तथा सामाजिक अभियन्ता रामजी अधिकारी प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। प्रमुख अतिथि अधिकारीले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको औपचारिक उद्घाटन गर्नुभएको थियो।
साधारण सभाको उद्घाटन सत्रमा होटल व्यवसायी महासंघ नेपालका संरक्षक अमृतबहादुर भुजेल र वरिष्ठ उपाध्यक्ष शेरबहादुर थापा विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा जिल्ला होटल व्यवसायी संघ काठमाडौंका अध्यक्ष सुरेश बराल, इजी सोलुसनका प्रमुख कार्यकारी अधिकृत शुभास देवकोटा, होटल व्यवसायी महासंघ नेपालका लेखा संयोजक तथा संघका निवर्तमान अध्यक्ष दिपेन सुवेदी (उमेश), संघका सल्लाहकारहरू, काठमाडौं उपत्यकाभित्रका विभिन्न होटल व्यवसायी संघका अध्यक्ष तथा प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो।
त्यसैगरी विभिन्न सामाजिक संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी तथा होटल व्यवसायी सदस्यहरूको उत्साहजनक उपस्थिति रहेको साधारण सभामा अतिथिहरूले संघको गतिविधिको प्रशंसा गर्दै होटल व्यवसायको सुदृढीकरण, व्यवसायिक मर्यादा र सामाजिक उत्तरदायित्वमा संघले खेलेको भूमिकालाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो।
अतिथिहरूले साधारण सभाको सफलताको शुभकामना व्यक्त गर्दै आगामी दिनमा संघले व्यवसायीहरूको हकहित संरक्षणसँगै पर्यटन प्रवर्द्धनमा थप सक्रिय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.