Home » Blog » रास्वपाको वीरगन्ज महानगर समिति गठन, अमन आलम सभापति चयन

रास्वपाको वीरगन्ज महानगर समिति गठन, अमन आलम सभापति चयन

Ankushdaily
0 comment 23 views
वीरगन्ज ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम वीरगन्ज महानगर भेलाले अमन आलमको सभापतित्वमा २५ सदस्यीय महानगर समिति सर्वसम्मत रूपमा चयन गरेको छ।
नवगठित समितिको उपसभापतिमा परितोष द्विवेदी, सचिवमा गौतम श्रेष्ठ, उप–सचिवमा मुन्ना साह चयन हुनुभएको छ।
त्यसैगरी सदस्यहरूमा कमल भुजेल, देवकी गुरुङ, रत्ना मानन्धर, पूर्णिमा शर्मा, सञ्जु शर्मा, कन्हैया प्रसाद, सन्दिप कुशवाह, आस महम्मद मन्सुरी, आजम मिया अन्सारी, विपिन शाह, लक्ष्मी नारायण साह, नगेन्द्र राउत थारु, प्रमोद कुमार पटेल, मुकेश कुमार कुर्मी, उमेश कुमार साह, प्रकाश कुमार कलवार, सदरे आलम, राज कुमार चौरसिया र राजकुमार उपाध्याय चयन भएका छन्।
महानगर भेलाको उद्घाटन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यबाहक सभापति डी.पी. अर्यालले अब देशले रास्वपाको नेतृत्व खोजिरहेको बताउँदै आगामी निर्वाचनले त्यसलाई स्थापित गर्ने दाबी गर्नुभयो। उहाँले पार्टी सभापतिमाथि राजनीतिक प्रतिशोध साधिएको उल्लेख गर्दै त्यसलाई वर्तमान सरकारले कसरी लिन्छ भन्ने विषयलाई सम्पूर्ण नेपाली जनताले नजिकबाट नियाली रहेको बताउनुभयो।
भेलाको सभापतित्व गर्नुभएका पर्सा जिल्ला सभापति हरी पन्तले पर्सामा राजनीति भनेको भ्रष्टाचारी र अपराधीहरूको क्षेत्र हो भन्ने गलत भाष्य निर्माण भएको उल्लेख गर्दै अब पर्सेली जनताले त्यस्ता गलत नजिर तोड्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले पर्साका जनता अब परिवर्तनको पक्षमा उभिने स्पष्ट गर्नुभयो।
कृष्णा पासवानले सहजीकरण गर्नुभएको उक्त भेलामा रास्वपाका केन्द्रीय सदस्य डा. नन्दन यादव, संगठन विभाग प्रमुख शंकर श्रेष्ठ, साथै जीतेन्द्र मिश्र, मनोज कुर्मी, फैयाज मिया, पुरुषोत्तम उपाध्यक्ष, सब्बु कँडेल, दिलीप कुर्मी, राधिका न्यौपाने र मानिस शाह लगायतका नेताहरूले मन्तव्य राख्नुभएको थियो।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.