Home » Blog » १७६ केजी गाँजासहित पिकअप गाडी र चालक नियन्त्रणमा

१७६ केजी गाँजासहित पिकअप गाडी र चालक नियन्त्रणमा

Ankushdaily
0 comment 15 views
वीरगंज ।
पर्सा प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गर्दै पिकअप गाडी र चालकलाई नियन्त्रणमा लिएको छ।
वीरगंज महानगरपालिका–१७, कोनिया क्षेत्रमा विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले १७६ केजी लागूऔषध गाँजा बरामद गरेको हो। जिल्ला प्रहरी कार्यालय पर्सा मातहत प्रहरी चौकी सिर्सियाबाट खटिएको टोलीले सोमबार साँझ करिब ८ बजे कोनियास्थित सामुदायिक अस्पताल अलौबाट कोनिया जाने ग्राभेल सडकखण्डमा बा.२१ च ७८५५ नम्बरको पिकअप गाडी रोकी चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा गाडीको पछाडिपट्टि प्लास्टिकका बोरामा परालले छोपेर लुकाइछिपाइ राखिएको अवस्थामा १२ पोकामा रहेको १७६ केजी गाँजा जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
उक्त गाडीका चालक रामेछाप जिल्ला खाँडादेवी गाउँपालिका–१ निवासी २८ वर्षीय सुबराज श्रेष्ठलाई बरामद लागूऔषधसहित नियन्त्रणमा लिइएको छ। बरामद गाँजा, पिकअप गाडी तथा पक्राउ परेका व्यक्तिलाई आवश्यक कानुनी कारबाहीका लागि नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.