Home » Blog » हर्क साम्पाङको पार्टीका केन्द्रीय उपाध्यक्ष पक्राउ

हर्क साम्पाङको पार्टीका केन्द्रीय उपाध्यक्ष पक्राउ

Ankushdaily
0 comment 13 views
काठमाडौँ।
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका केन्द्रीय उपाध्यक्ष पक्राउ परेका छन्।
पक्राउ पर्नेमा धनकुटा पाख्रिपास नगरपालिका ९ घर भई हाल काठमाडौँ बूढानीलकण्ठ नगरपालिका ११‚ कपन बस्ने ५० वर्षीय राजकुमार तामाङ लामा छन्। कुमार, देवराज लामा र विश्वक्रान्ति उपनामले चिनिने लामालाई मंगलबार कपनस्थित घरबाटै पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शिवकुमार श्रेष्ठले बताए।
जिल्ला प्रहरी कार्यालय पाँचथरमा २०७५ सालमा दर्ता भएको विस्फोटक पदार्थसम्बन्धी कसुर मुद्दामा फरार रहेका लामालाई पक्राउ गरिएको श्रेष्ठले बताए। लामालाई कानुनी कारबाहीका लागि पाँचथर प्रहरीमा पठाइएको छ।
ब्युरो प्रवक्ता श्रेष्ठका अनुसार लामा १५ फागुन २०६८ मा काठमाडौं महानगरपालिका ११‚ बबरमहलस्थित नेपाल आयल निगमको गेटमा टाइम बम बिस्फोट गराएको घटनामा १२ असार २०६९ मा पक्राउ परेका थिए। उक्त बिस्फोटमा मानबहादुर तामाङसहित तीनजनाको मृत्यु भएको थियो। घटनामा सोमबहादुर तामाङ घाइते भएका थिए।
लामाविरुद्ध त्यतिबेला कर्तव्य ज्यानमुद्दा दर्ता भएको थियो। उक्त मुद्दामा लामा नख्खु कारागार चलान भएका थिए। तर, लामालाई ७ फागुन २०७६ को प्रजातन्त्र दिवसमा सरकारले जेलमुक्त गरेको थियो। साम्पाङले असोज २०८२ मा पार्टी गठन गरेका थिए। पार्टी गठन गर्दा उनले उपाध्यक्षमा लामालाई राखेका थिए। उक्त पार्टी १६ कात्तिक २०८२ मा निर्वाचन आयोगमा दर्ता भएको थियो।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.