Home » Blog » सिरियल नम्बर नभएका ४ लाख फारम रद्द गर्ने कांग्रेसको निर्णय

सिरियल नम्बर नभएका ४ लाख फारम रद्द गर्ने कांग्रेसको निर्णय

Ankushdaily
0 comment 11 views
काठमाडौँ ।
नेपाली कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थापन समितिले सिरियल नम्बर नराखी जिल्ला/जिल्लामा पठाइएका ४ लाख नयाँ क्रियाशील सदस्यता सम्बन्धी फारम रद्द गर्ने निर्णय गरेको छ ।
महामन्त्री गगन थापा संयोजक रहेको समितिले सिरियल नम्बर नभएका फारम रद्द गरी सिरियल नम्बर सहितका फारम छापेर जिल्ला/जिल्लामा पठाउने निर्णय गरेको हो ।
समितिका संयोजकसमेत रहेका केन्द्रीय सदस्य प्रकाश रसाइली ‘स्नेही’ ले २४ घण्टाभित्र सिरियल नम्बर सहितका फारम छापेर जिल्ला/जिल्लामा पठाउने निर्णय समितिले गरेको जानकारी दिए ।
‘हामीले २५ प्रतिशत फारम जेनजी आन्दोलनअघि नै जिल्लाहरूमा पठाएका थियौं, ती फारमअनुसार क्रियाशील सदस्यता वितरणको काम गर्दै गर्ने र २४ घन्टाभित्र क्रम संख्या उल्लेख रहेका फारम जिल्ला तथा क्षेत्रहरूमा पठाउने निर्णय भएको छ,’ रसाइलीले  भने।
सुदूरपश्चिमका विभिन्न जिल्लामा क्रमसंख्या नभएका फारम पुगेपछि आलोचना भएको थियो भने यसले विवाद पनि सिर्जना गरेको थियो। त्यसपछि समितिले आज बैठक गरेर क्रम संख्या उल्लेख रहेका फारमहरू पठाउने निर्णय गरेको हो।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.