Home » Blog » मधेस प्रदेशको सभामुखमा रामआशिष यादवलाई बनाउने सहमति

मधेस प्रदेशको सभामुखमा रामआशिष यादवलाई बनाउने सहमति

Ankushdaily
0 comment 8 views
विरगंज ।
मधेस प्रदेशको सभामुखका रूपमा रामआशिष यादव चयन हुने निश्चित भएको छ । सत्तारुढ दलहरूको बैठकले सभामुख पदका लागि यादवको नाममा सहमति जुटाएको हो ।
पूर्व मुख्यमन्त्री तथा जसपा संसदीय दलका नेता सरोज यादवले सभामुखका लागि रामआशिष यादवको नाम टुंगो लागेको जानकारी दिए । रामआशिष यादव जसपा नेपालका प्रदेशसभा सदस्य हुन् ।
मधेस प्रदेशमा आइतबार सभामुखको निर्वाचन हुँदैछ । निर्वाचन कार्यतालिकाअनुसार आज बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म प्रदेशसभा सचिवालयमा उम्मेदवारी दर्ता गरिनेछ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.