Home » Blog » सशस्त्र प्रहरीद्वारा ग्रिनसिटीका अध्यक्ष खेतान सम्मानित

सशस्त्र प्रहरीद्वारा ग्रिनसिटीका अध्यक्ष खेतान सम्मानित

Ankushdaily
0 comment 38 views

बिरगञ्ज ।

बीरगञ्जमा असम्भव मानिएका कामहरूलाई केवल तीन महिनाको छोटो अवधिमै सम्भव बनाएर उदाहरणीय नेतृत्व प्रदर्शन गरेको भन्दै ग्रिनसिटी सामुदायिक सेवा केन्द्र, आदर्शनगरका अध्यक्ष जय प्रकाश खेतान सम्मानित हुनुभएको छ। विशेषगरी वीरगञ्ज महानगरपालिकाका विभिन्न स्थानमा सरसफाइ, हरियाली प्रवर्द्धन र मैत्री पुल क्षेत्रको सीमा सौन्दर्यकरण अभियानमा खेतानले संयोजकका रूपमा पुर्‍याएको योगदानको उच्च कदर गर्दै सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेक्वा. पर्साले उहाँलाई सम्मान गरेको हो। यस अभियानमा वीरगञ्ज महानगरपालिकाको पनि अहम भूमिका रहेको थियो।

वातावरणमैत्री शहर निर्माणमा खेतानको सक्रियताको प्रशंसा गर्दै तत्कालीन सशस्त्र प्रहरी उपरीक्षक पुरन चन्द्र भट्टले उक्त प्रशंसा–पत्रमा हस्ताक्षर गर्नुभएको थियो। तर, सो समयमा अध्यक्ष खेतान मुलुक बाहिर रहेका कारण उक्त सम्मान हालै मात्र पर्साका नयाँ सशस्त्र प्रहरी उपरीक्षक मोहन बहादुर क्षेत्रीले हस्तान्तरण गर्नुभयो। उपरीक्षक क्षेत्रीले खेतानलाई दोसल्ला ओढाएर सम्मान–पत्र प्रदान गर्दै उहाँको कामको प्रशंसा गर्नुका साथै आगामी दिनमा पनि समाज सेवा र वातावरण प्रवर्द्धनमा निरन्तर सक्रिय रहन शुभकामना व्यक्त गर्नुभयो।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.