Home » Blog » युवाहरू समाजका मेरुदण्ड हुन् : सशस्त्रका एसपी मोहन बहादुर क्षेत्री

युवाहरू समाजका मेरुदण्ड हुन् : सशस्त्रका एसपी मोहन बहादुर क्षेत्री

Ankushdaily
0 comment 15 views
वीरगञ्ज।
वीरगञ्जमा शनिबार आयोजित एक कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साका प्रहरी उपरीक्षक (एसपी) मोहन बहादुर क्षेत्रीले युवाहरू समाजका मेरुदण्ड भएको र उनीहरूले नै समाजलाई सही दिशामा डोर्‍याउन सक्ने बताउनुभएको छ। वीरगञ्ज युवा समाजद्वारा होटल मकालुमा आयोजित नयाँ वर्ष २०८३ को भित्तेपात्रो सार्वजनिक समारोहलाई सम्बोधन गर्दै उहाँले संस्थाको सामाजिक योगदानको प्रशंसा गर्नुका साथै यस्ता रचनात्मक कार्यले समाजमा सकारात्मक प्रभाव पार्ने उल्लेख गर्नुभयो।
संस्थाका अध्यक्ष सञ्जीव थापाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि क्षेत्रीसहितका विशिष्ट अतिथिहरूले संयुक्त रूपमा पात्रोको लोकार्पण गर्नुभएको थियो। सो अवसरमा अध्यक्ष थापाले उक्त पात्रो मिति र चाडपर्वको सूची मात्र नभई संस्थाका गतिविधि तथा समाजप्रतिको उत्तरदायित्वको प्रतिविम्ब भएको स्पष्ट पार्दै आगामी दिनमा पनि परोपकारी कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
संस्थाकी उपाध्यक्ष अस्मिता गौतमको स्वागत मन्तव्य र सचिव विनोद धिमालको सञ्चालनमा सम्पन्न कार्यक्रममा वीरगञ्ज महानगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष प्रदीप चौरसिया, वडा प्रहरी कार्यालय बिर्ताका निरीक्षक विक्रम सुवेदी र जिल्ला ट्राफिक प्रहरी पर्साका प्रमुख युवराज कटवालको विशेष उपस्थिति थियो। समारोहमा वीरगंज युवा समाजका सल्लाहकारहरू डा. श्यामसुन्दर दास, डा. मनोज उपाध्याय लगायतका, वीरगञ्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह, जीवन ज्योति सेकेन्डरी स्कुलकी सञ्चालिका मीनाक्षी कर्माचार्य गुप्ता र समाजसेवी युवराज केशरीको समेत सहभागिता रहेको थियो। कार्यक्रमका वक्ताहरूले युवाहरूलाई रचनात्मक कार्यमा जोड्न संस्थाले खेलेको भूमिकाको सराहना गर्दै आवश्यक सहयोगको आश्वासन दिएका थिए।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.