Home » Blog » ठोरीमा ‘जनताको घरदैलोमा डाक्टर’ कार्यक्रम सम्पन्न, साढे दुई सयभन्दा बढी लाभान्वित

ठोरीमा ‘जनताको घरदैलोमा डाक्टर’ कार्यक्रम सम्पन्न, साढे दुई सयभन्दा बढी लाभान्वित

Ankushdaily
0 comment 3 views
विरगंज ।
ठोरी गाउँपालिकाको वडा नम्बर १ मा ‘जनताको घरदैलोमा डाक्टर’ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। नागरिक समाज ठोरीको आयोजना र वीरगन्जस्थित प्रभु अस्पतालको सहकार्यमा सञ्चालित उक्त निःशुल्क स्वास्थ्य शिविरबाट दुई सय ५० भन्दा बढी स्थानीय नागरिक प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।
शिविरमा १५९ महिला र १०० पुरुष गरी कुल २५९ जनाको स्वास्थ्य परीक्षण, सुगर जाँच र निःशुल्क औषधि वितरण गरिएको थियो। स्वास्थ्य संस्थासम्म पुग्न नसक्ने अशक्त बिरामीहरूलाई चिकित्सकहरूले उनीहरूकै घरदैलोमा पुगेर स्वास्थ्य परीक्षण तथा आवश्यक परामर्श दिएका थिए। साथै, वडा नम्बर १ मै रहेको वृद्धाश्रममा आश्रित १६ जना ज्येष्ठ नागरिकको समेत स्वास्थ्य जाँच गरी निःशुल्क औषधि उपलब्ध गराइएको छ। स्थानीय सन्तोष श्रेष्ठको समन्वयमा सम्पन्न उक्त शिविरमा प्रभु अस्पतालका हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. प्रयास तिमल्सिना र डा. सुरुची श्रेष्ठले बिरामीहरूलाई सेवा प्रदान गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथि एवं प्रतिनिधिसभा सदस्य टेकबहादुर शाक्यले यस्ता जनमुखी कार्यक्रमले विपन्न वर्गलाई ठूलो राहत मिलेको बताउँदै आगामी दिनमा पनि शिविरलाई निरन्तरता दिन आफ्नो तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरे। त्यसैगरी, विशिष्ट अतिथि एवं ठोरी गाउँपालिकाकी उपध्यक्ष गोकुली रेग्मीले दुर्गम क्षेत्रमा नागरिक अगुवा र अस्पतालले गरेको यस उदाहरणीय कार्यको प्रशंसा गर्दै आगामी दिनमा गाउँपालिकाले यस्ता स्वास्थ्य कार्यक्रममा आवश्यक समन्वय र सहयोग गर्ने बताइन्। प्रभु अस्पतालका तर्फबाट कार्यक्रम प्रमुख दिलीपराज कार्कीले अस्पताल विशुद्ध व्यावसायिक मात्र नभई सेवामुखीसमेत हुनुपर्ने मान्यता राख्दै जनतासँग हातेमालो गर्न यस्ता स्वास्थ्य शिविरलाई निरन्तरता दिइने स्पष्ट पारे।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.