Home » Blog » रास्वपा उम्मेदवार पन्तद्वारा भन्सार क्षेत्रमा घरदैलो, पुराना दललाई प्रश्न गर्न मतदातालाई आग्रह

रास्वपा उम्मेदवार पन्तद्वारा भन्सार क्षेत्रमा घरदैलो, पुराना दललाई प्रश्न गर्न मतदातालाई आग्रह

Ankushdaily
0 comment 23 views
वीरगन्ज ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार हरि पन्तले वीरगन्जको भन्सार क्षेत्रमा आज घरदैलो तथा चुनावी प्रचारप्रसार गरेका छन्।
अभियानका क्रममा स्थानीय बासिन्दाले पन्तलाई भव्य स्वागत गरेका थिए। सो अवसरमा बोल्दै स्थानीय एवं वीरगन्ज भन्सार एजेन्ट संघका पूर्व अध्यक्ष विजय साहले मुलुकलाई सुशासन र समृद्धिको यात्रामा डोर्‍याउन तथा आमूल परिवर्तन गर्न अब रास्वपा मात्र सक्षम रहेको बताउँदै आफूहरू निस्वार्थ रूपमा सहयोग गर्न तयार रहेको धारणा राखे।
घरदैलो सुरु गर्नुअघि आयोजित कोणसभालाई सम्बोधन गर्दै रास्वपा पर्सा सभापति समेत रहेका उम्मेदवार पन्तले पुराना राजनीतिक दलहरूप्रति कडा टिप्पणी गरे। उनले मत माग्न आउने पुराना दलका उम्मेदवारहरूलाई ‘विगत ३५ वर्षदेखि के गर्नुभयो र अब जितेर के गर्नुहुन्छ ?’ भनी प्रश्न सोध्न आम मतदातालाई आग्रह गरे। पन्तले पुनः तिनै पुराना दलहरूलाई मत दिनु भनेको नयाँ पुस्ताको परिवर्तनको चाहना र ‘जेन्जी’ आन्दोलनको उपहास गर्नु सरह हुने बताए।
घरदैलोका क्रममा उनले स्थानीय नागरिकहरूसँग प्रत्यक्ष संवाद गर्दै पार्टीको नीति, सुशासन, पारदर्शिता र जवाफदेहिताप्रतिको प्रतिबद्धता व्यक्त गरेका थिए। कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता, स्थानीय युवा तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.