Home » Blog » पैदलयात्रीलाई सडकमै मुक्का हान्ने कार चालक पक्राउ

पैदलयात्रीलाई सडकमै मुक्का हान्ने कार चालक पक्राउ

Ankushdaily
0 comment 11 views
वीरगञ्ज ।
काठमाडौंको महाराजगञ्जमा पैदलयात्रीलाई सडकमै कुटपिट गर्ने कार चालकलाई प्रहरीले पक्राउ गरेको छ। सामाजिक सञ्जालमा कुटपिटको भिडियो भाइरल भएपछि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले मंगलबार दिउँसो उनलाई भोटाहिटीबाट नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा ४२ वर्षीय पारस बम रहेका छन्।
प्रहरीका अनुसार उक्त घटना गत शनिबार महाराजगञ्जस्थित चप्पल कारखाना नजिकैको हो। सडकमा हिँडिरहेका एक सहयोगापेक्षी व्यक्तिले आफूलाई अपशब्द प्रयोग गरेको आरोप लगाउँदै बमले कारबाट ओर्लिएर उनलाई मुक्का प्रहार गरेका थिए। सार्वजनिक भएको भिडियोमा चालकले ती व्यक्तिलाई गालीगलौज गर्दै पटक–पटक कुटपिट गरेको र त्यही क्रममा अर्की एक महिलाले समेत आएर दुर्व्यवहार गरेको प्रस्ट देखिन्छ।
सडकमा असहाय व्यक्तिमाथि भएको यस अमानवीय घटनाको भिडियो बाहिरिएलगत्तै सर्वसाधारणले सामाजिक सञ्जालमार्फत तीव्र आक्रोश व्यक्त गर्दै दोषीलाई कारबाहीको माग गरेका थिए। जनस्तरबाट व्यापक विरोध भएपछि एक्सनमा उत्रिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं एसपी नरेशराज सुवेदीका अनुसार नियन्त्रणमा लिइएका बमलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.