15
लायन्स इन्टरनेशनलको प्रतिष्ठित इन्टरनेशनल लिडरसिप एवार्ड यस वर्ष लायन्स क्लब अफ वीरगञ्जका पुर्व अध्यक्ष एवं लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसका डिष्ट्रिक्ट एक्ज्यूकेटिभ चिफ लायन प्रकाश बाहेतीलाई प्रदान गरिएको छ । विश्वभरका उत्कृष्ट लायन्स लिडरहरूलाई दिइने यो एवार्ड नेतृत्व क्षमता, सामाजिक प्रतिबद्धता तथा समुदायमा पुर्याएको सेवाका आधारमा प्रदान गरिन्छ ।
त्यसैगरी लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसका डिष्ट्रिक्ट गभर्नर लायन बिनय बस्नेतले बाहेतीको नेतृत्व शैली, सहयोगी स्वभाव र युवा सदस्यहरूलाई प्रेरित गर्ने क्षमताकै कारण उनलाई अन्तर्राष्ट्रिय स्तरको उच्च सम्मान प्राप्त भएको बताउँदै शुभकामना व्यक्त गरेका थिए ।