Home » Blog » गौतम स्कूलमा ‘शाइनिङ स्टार्स’ कार्यक्रम सम्पन्न

गौतम स्कूलमा ‘शाइनिङ स्टार्स’ कार्यक्रम सम्पन्न

Ankushdaily
0 comment 4 views
वीरगञ्ज।
गौतम स्कूलले आयोजना गरेको दुई दिने “शाइनिङ स्टार्स” कार्यक्रमको दोस्रो दिन भव्य रूपमा सम्पन्न भएको छ। विद्यालयकी निर्देशिका परीक्षा पिया लामाको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा नेशनल मेडिकल कलेजकी निर्देशक डा. इशरत जहान अन्सारी प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा विद्यालयका स–साना विद्यार्थीहरूले नृत्य, गायन, कविता वाचन र नाटक जस्ता विभिन्न सांस्कृतिक प्रस्तुतिमार्फत आफ्नो अन्तरनिहित प्रतिभा प्रदर्शन गरेका थिए। विद्यार्थीहरूको आत्मविश्वासपूर्ण प्रस्तुति र आकर्षक मञ्च सजावटले उपस्थित अभिभावक तथा अतिथिहरूलाई मन्त्रमुग्ध तुल्याएको थियो।

प्रमुख अतिथि डा. अन्सारीले आफ्नो मन्तव्यका क्रममा शिक्षा केवल पाठ्यपुस्तकमै सीमित हुन नहुनेमा जोड दिनुभयो। उहाँले यस्ता अतिरिक्त क्रियाकलापले बालबालिकाको व्यक्तित्व विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै विद्यार्थीहरूलाई अनुशासन र सकारात्मक सोचका साथ अघि बढ्न प्रेरित गर्नुभयो। कार्यक्रममा विशिष्ट अतिथिका रूपमा विद्यालयका डाइरेक्टर सोनम लामा, मानवसेवा आश्रमका संस्थापक देवेश गुप्ता, एलाइड युथ सोसाइटीका संस्थापक अध्यक्ष ओम कुमार झा, समाजसेवी प्रकाश थारु, प्रिन्सिपल गणेश क्षेत्री, रमेश शर्मा, कर्ण सर तथा जुनियर स्कूलका प्रिन्सिपल सिपेन्द्र गुप्ता लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।
वक्ताहरूले बालबालिकाको सर्वाङ्गीण विकासका लागि सह–पाठ्यक्रम तथा अतिरिक्त क्रियाकलाप अपरिहार्य रहेको धारणा व्यक्त गरे। यस्ता कार्यक्रमले विद्यार्थीमा आत्मविश्वास बढाउनुका साथै उनीहरूको लुकेको प्रतिभा उजागर गर्न मद्दत पुर्‍याउने उनीहरूको भनाइ थियो। विद्यालयका कोअर्डिनेटर सौराज प्रधानले सञ्चालन गर्नुभएको उक्त कार्यक्रमले विद्यार्थीहरूको क्षमता प्रस्फुटन गराउनुका साथै विद्यालय र अभिभावकबीचको सम्बन्धलाई थप सुदृढ बनाएको आयोजकले जनाएको छ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.