Home » Blog » अनिल रुंगटाद्वारा जनमतको सम्मान, हरि पन्तलाई बधाई

अनिल रुंगटाद्वारा जनमतको सम्मान, हरि पन्तलाई बधाई

Ankushdaily
0 comment 28 views
विरगंज ।
पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएका हरि पन्तलाई सोही क्षेत्रका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार अनिल कुमार रुंगटाले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ। एक सन्देश जारी गर्दै उहाँले मतदाताबाट प्राप्त जनादेशलाई आफूले उच्च सम्मानका साथ स्वीकार गरेको बताउनुभएको हो। निर्वाचनको परिणाम जे जस्तो आए पनि जनताको सेवा गर्ने आफ्नो संकल्प र प्रतिबद्धता कहिल्यै कमजोर नहुने उहाँले स्पष्ट पार्नुभएको छ।
निर्वाचन अभियानका क्रममा पर्सावासीबाट प्राप्त अपार माया, विश्वास र समर्थनले आफूलाई थप जिम्मेवार बनाएको उहाँको भनाइ छ। चुनावको यस परिणामलाई आफूले जनताको सेवामा अझ दृढताका साथ अघि बढ्ने नयाँ सुरुवातको रूपमा लिएको उहाँले उल्लेख गर्नुभएको छ। राजनीतिलाई पद वा हारजितको विषय मात्र नभई जनताको आशा, विश्वास र भविष्यसँग जोडिएको महत्त्वपूर्ण दायित्वका रूपमा आफूले बुझेको उहाँले प्रस्ट पार्नुभएको छ।
समग्र पर्साको विकास, समृद्धि र यहाँका नागरिकको हकहितका लागि आफू निरन्तर सक्रिय रहने प्रतिबद्धता समेत उहाँले जनाउनुभएको छ। आफू पर्साकै माटोको सन्तान भएको र यहीँका जनताको सेवा गर्नु आफ्नो प्रमुख कर्तव्य रहेको स्मरण गर्दै उहाँले मतदाताको साथ र प्रेरणाले सधैं अगाडि बढ्न ऊर्जा मिल्ने बताउनुभयो। आगामी दिनमा पनि सदैव जनताकै बीचमा रहेर उनीहरूको आवाज बन्ने र पर्साको उज्ज्वल भविष्यका लागि निरन्तर योगदान दिने उहाँले अठोट व्यक्त गर्नुभएको छ। साथै, यस निर्वाचन अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ दिने सम्पूर्ण मतदाता, समर्थक, शुभेच्छुक तथा साथीहरूलाई उहाँले हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको छ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.