Home » Blog » जन्ती बोकेको कार दुर्घटना: चालकको मृत्यु

जन्ती बोकेको कार दुर्घटना: चालकको मृत्यु

Ankushdaily
0 comment 32 views
वीरगन्ज।
पर्साको सखुवाप्रसौनी गाउँपालिका–५ महुवनस्थित गण्डक नहर क्षेत्रमा जन्ती बोकेको कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। सोमबार राति अनियन्त्रित भएको कार रुखमा ठोक्किँदा उक्त हताहती भएको हो।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार बहुदरमाई नगरपालिका–८ रामनगरीका साहेब सहनीको घरबाट सखुवाप्रसौनीको एकडरवा जाँदै गरेको बीआर ०६४५ नम्बरको भारतीय कार राति सवा ९ बजेतिर दुर्घटनामा परेको थियो। अनियन्त्रित भएको उक्त कार गण्डक नहर छेउमा रहेको पिपलको रुखमा ठोक्किएको प्रहरीले जनाएको छ।
दुर्घटनालगत्तै गम्भीर घाइते भएका चालक र अर्का यात्रुलाई तत्काल उद्धार गरी उपचारका निमित्त वीरगन्जको मुर्लीस्थित न्युरो अस्पताल पुर्‍याइएको थियो। उपचारकै क्रममा राति सवा १० बजे चालकको ज्यान गएको पर्साका प्रहरी नायब उपरीक्षक (डीएसपी) हरिबहादुर बस्नेतले जानकारी दिए।
मृतक चालकको नाम र ठेगाना हालसम्म खुल्न सकेको छैन भने प्रहरीले पहिचान खुलाउने प्रयास गरिरहेको छ। दुर्घटनामा परी गम्भीर घाइते भएका अर्का यात्रुको भने सोही अस्पतालमा सघन उपचार भइरहेको डीएसपी बस्नेतले बताएका छन्।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.