Home » Blog » पर्सामा रास्वपाको ऐतिहासिक जितपछि सभापति हरि पन्तद्वारा मतदाताप्रति आभार व्यक्त

पर्सामा रास्वपाको ऐतिहासिक जितपछि सभापति हरि पन्तद्वारा मतदाताप्रति आभार व्यक्त

Ankushdaily
0 comment 152 views
वीरगञ्ज ।
पर्सा जिल्लाका चारवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरू विजयी भएपछि जिल्ला सभापति तथा नवनिर्वाचित सांसद हरि पन्तले मतदाताप्रति आभार व्यक्त गरेका छन्। सम्पूर्ण क्षेत्रमा प्राप्त ऐतिहासिक जितलाई जनचाहना र परिवर्तनको लहरका रूपमा अथ्र्याउँदै उनले देशमा सुशासन कायम गर्ने र भ्रष्टाचार अन्त्य गर्ने दृढ प्रतिबद्धता जनाएका छन्।
प्रतिनिधिसभा सदस्यतर्फ पर्सा क्षेत्र नम्बर १ बाट हरि पन्त, पर्सा-२ बाट सुशीलकुमार कानु, पर्सा-३ बाट रमाकान्त चौरसिया र पर्सा-४ बाट टेकबहादुर शाक्य अत्यधिक मतका साथ निर्वाचित भएका छन्। प्रत्यक्षतर्फका सबै सिट जित्नुका साथै समानुपातिकतर्फ समेत पर्सा जिल्लामा रास्वपा नै पहिलो दल बन्न सफल भएको छ।
निर्वाचन परिणाम सार्वजनिक भएलगत्तै धन्यवाद तथा शुभकामना सन्देश जारी गर्दै सभापति पन्तले सम्पूर्ण जिल्लावासी, मतदाता, शुभेच्छुक, पार्टी नेता-कार्यकर्ता र परिवारजनलाई धन्यवाद दिएका छन्। आम नागरिकको साथ, सहयोग र मार्गदर्शनले देशभर नै परिवर्तनको सन्देश प्रवाह भएको उनले दाबी गरेका छन्। आगामी दिनमा जनमतलाई संस्थागत गर्दै भ्रष्टाचार, बेथिति र कुशासनको अन्त्य गरी विधिको शासन स्थापना गर्नु नै आफूहरूको मुख्य जिम्मेवारी रहने पन्तले स्पष्ट पारेका छन्। देशलाई प्रगतिको बाटोमा डोर्‍याउने यस यात्रामा उनले सम्पूर्ण नागरिकबाट निरन्तर सल्लाह, सुझाव र खबरदारीको अपेक्षा समेत गरेका छन्।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.