Home » Blog » जेनजी आन्दोलनका सहिद परिवारलाई सम्मान गर्दै सांसद पन्त काठमाडौं प्रस्थान

जेनजी आन्दोलनका सहिद परिवारलाई सम्मान गर्दै सांसद पन्त काठमाडौं प्रस्थान

Ankushdaily
0 comment 21 views
वीरगञ्ज ।
पर्सा क्षेत्र नम्बर १ का सांसद हरि पन्तले सपथ ग्रहण कार्यक्रममा सहभागी हुन काठमाडौं प्रस्थान गर्नुअघि ‘जेनजी आन्दोलन’का सहिद परिवारसँग भेटघाट गरेका छन्। उनले सहिद असाब आलम ठकुराईको निवासमै पुगेर उनकी आमा नजला खातुन र भाइ मुराद आलमलाई दोसल्ला ओढाएर सम्मान प्रकट गरेका हुन्।
भेटका अवसरमा सांसद पन्तले जेनजी आन्दोलनकै कारण देशमा महत्त्वपूर्ण परिवर्तन सम्भव भएको उल्लेख गर्दै सहिदहरूको अतुलनीय बलिदानीप्रति उच्च सम्मान व्यक्त गरे। सोही क्रममा उनले सहिद परिवारको एक जना सदस्यलाई रोजगारी उपलब्ध गराउन आगामी सरकारसँग विशेष पहल गर्ने प्रतिबद्धतासमेत जनाएका छन्।
गत भदौ २४ गते काठमाडौंको कोटेश्वरमा भएको जेन्जी आन्दोलनका क्रममा प्रहरीको गोली लागी असाब आलम ठकुराईले शहादत प्राप्त गरेका थिए। सहिद आलमको परिवारमा हाल श्रीमती, बुबा, आमा र भाइहरू रहेका छन्। सांसद पन्तले आफ्नो सपथ ग्रहण कार्यक्रम आगामी ६ गतेका लागि तय भएको जानकारी दिएका छन्।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.