Home » Blog » उपकार सेवा नेपालको पहलमा ह्वीलचेयर सहयोग

उपकार सेवा नेपालको पहलमा ह्वीलचेयर सहयोग

Ankushdaily
0 comments 20 views
रामविश्वास चौधरी,
पोखरिया।
पोखरिया नगरपालिका वडा नम्बर ६, शिर्सिया टोलका एक बिरामीलाई ह्वीलचेयर सहयोग प्रदान गरिएको छ। काठमाडौंस्थित ‘कुइन ज्वेलर्स’को सहयोगमा ती बिरामीलाई उहाँकै निवासमा पुगेर ह्वीलचेयर हस्तान्तरण गरिएको हो।
शारीरिक रूपमा अशक्त बिरामीको दैनिकीमा सहजता ल्याउने उद्देश्यले यो सहयोग उपलब्ध गराइएको हो। उपकार सेवा नेपालकी अध्यक्ष विद्या कुमारी सरावगी, लायन्स क्लब अफ पोखरियाका अध्यक्ष नेजामुद्दीन शमानी र रुस्तम मियाँसहितको टोलीले बिरामीकै घरमा पुगेर उक्त सामग्री हस्तान्तरण गरेका थिए।

सम्बन्धित पोस्टहरू