Home » Blog » गौरीशंकर हिटर्स बन्यो ‘मारवाडी प्रिमियर लिग–३’ को विजेता

गौरीशंकर हिटर्स बन्यो ‘मारवाडी प्रिमियर लिग–३’ को विजेता

Ankushdaily
0 comments 25 views
सन्तोश रन्जितकार,
वीरगञ्ज ।
वीरगञ्जस्थित आदर्शनगर रंगशालामा सम्पन्न ‘मारवाडी प्रिमियर लिग–३’ को उपाधि गौरीशंकर हिटर्सले हात पारेको छ। चैत १० गते भएको रोमान्चक फाइनल खेलमा अन्नपूर्ण टाइगर्सलाई पराजित गर्दै गौरीशंकर च्याम्पियन बनेको हो। उपाधिसँगै विजेता गौरीशंकर हिटर्सले नगद ४ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ भने उपविजेतामा सीमित अन्नपूर्ण टाइगर्सले २ लाख ५० हजार रुपैयाँमा चित्त बुझाएको छ।
उपाधिका लागि भएको कडा प्रतिस्पर्धामा अन्नपूर्ण टाइगर्सले पहिले ब्याटिङ गर्दै १०.४ ओभरमा आफ्ना सबै विकेट गुमाएर १०२ रन बनाएको थियो। १०३ रनको विजयी लक्ष्य बोकेर मैदान उत्रिएको गौरीशंकर हिटर्सले उक्त लक्ष्य १०.४ ओभरमै मात्र ३ विकेटको क्षतिमा पूरा गर्दै उत्कृष्ट जित दर्ता गर्न सफल भयो।
स्वर्गीय सुशील कुमार खेतान (टिपु) को स्मृतिमा मारवाडी युवा मञ्च र ग्रीन सिटी सामुदायिक सेवा केन्द्र (आदर्शनगर) द्वारा संयुक्त रूपमा यस प्रतियोगिताको आयोजना गरिएको हो। गत फागुन २९ गतेदेखि सुरु भएको यस क्रिकेट प्रतियोगितामा कुल १० टोलीले सहभागिता जनाएका थिए, जसअन्तर्गत फाइनलसहित जम्मा २३ खेल खेलाइएका थिए।

सम्बन्धित पोस्टहरू