Home » Blog » नर्सिङ नतिजामा बीएचसी मेडिकल कलेजको सानदार नतिजा,शतप्रतिशत अंकसहित मधेस प्रदेशमै प्रथम

नर्सिङ नतिजामा बीएचसी मेडिकल कलेजको सानदार नतिजा,शतप्रतिशत अंकसहित मधेस प्रदेशमै प्रथम

Ankushdaily
0 comments 252 views
वीरगन्ज ।
वीरगन्जस्थित बीएचसी मेडिकल कलेज (नर्सिङ क्याम्पस) ले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) द्वारा सञ्चालित पीसीएल नर्सिङ संकायको पहिलो वर्षको परीक्षामा उत्कृष्ट सफलता प्राप्त गरेको छ। शुक्रबार सार्वजनिक नतिजाअनुसार, क्याम्पसका ४० जना विद्यार्थीमध्ये सबै उत्तीर्ण भई शतप्रतिशत नतिजा निकाल्न सफल भएका छन्। यो सफलतासँगै सञ्चालनको पहिलो वर्षमै बीएचसी मेडिकल कलेज नर्सिङ विधामा मधेस प्रदेशकै अग्रणी शिक्षण संस्था बन्न सफल भएको छ।
मधेस प्रदेशमा नर्सिङ विषयको पठनपाठन हुने १९ वटा निजी कलेजहरूमध्ये बीएचसी पहिलो स्थानमा रहँदा सप्तरीको राजविराजस्थित छिन्नमस्ता एजुकेसन एकेडेमी ९५ प्रतिशत (३८ उत्तीर्ण) नतिजासहित दोस्रो र वीरगन्जकै एभरग्रिन टेक्निकल इन्स्टिच्युट अफ हेल्थ साइन्स ८५ प्रतिशत (३४ उत्तीर्ण) नतिजासहित तेस्रो स्थानमा परेका छन्। शैक्षिक सत्र २०८१/०८२ देखि पीसीएल नर्सिङ, हेल्थ असिस्टेन्ट र बीफार्माको अध्यापन सुरु गरेको यस कलेजमा हाल दुई सय विद्यार्थी अध्ययनरत छन्।
कलेजका अध्यक्ष डा. अबुल हैस अन्सारीले शैक्षिक गुणस्तरमा सम्झौता नगरी गरिएको व्यवस्थापन, शिक्षकको लगनशीलता र विद्यार्थीको कडा परिश्रमका कारण पहिलो गाँसमै उत्कृष्ट उपलब्धि हासिल भएको बताए। आफ्नै सुविधासम्पन्न भौतिक पूर्वाधारमा सञ्चालित यस कलेजले छोटो समयमै मधेस प्रदेशको प्राविधिक शिक्षा क्षेत्रमा एउटा बलियो मानक स्थापित गरेको देखिएको छ।

सम्बन्धित पोस्टहरू