Home » Blog » दुई नम्बर प्रदेशमा स्थानिय तहको संख्या थप गर्न कार्यदल गठन

दुई नम्बर प्रदेशमा स्थानिय तहको संख्या थप गर्न कार्यदल गठन

अंकुश दैनिक
0 comment 10 views

काठमाडौं । सरकारले दुई नम्बर सहितका प्रदेशमा स्थानीय तहको संख्या थप गर्ने भन्दै उपप्रधान तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारको संयोजकत्वमा तीन सदस्यीस कार्यदल गठन गरेको छ । कार्यदलमा रक्षामन्त्री बालकृष्ण खाड् र कानूनमन्त्री अजयशंकर नायक सदस्य छन् ।

कार्यदललाई स्थानीय तहको संख्या थप गर्न अध्ययन गरी ५ दिनभित्र प्रतिवेदन प्रस्तुत गर्न भनिएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाली सेनाको दरबन्दी यथावत राखेर संरचनामा परिवर्तन गर्ने निर्णय समेत गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले बैठकले नेपाली सेनाको राष्ट्रिय सेवा दलमा पुरानो दरबन्दी यथावत राखी ३ सय ४० जनालाई समायोजन गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता सूचना तथा संचार मन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिए ।

रक्षा मन्त्रालयले नेपाली सेना मध्येबाटै नयाँ संरचना अनुसार ३ सय ४० राष्ट्रिय सेवा दलमा समायोजन गर्ने प्रस्ताव राखेकामा मन्त्रिपरिषदबाट पारित भएको बताइएको छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.