Home » Blog » अलपत्र परेकाहरुलाई खाद्यान्न सहयोग

अलपत्र परेकाहरुलाई खाद्यान्न सहयोग

अंकुश दैनिक
0 comment 7 views

संतोष रन्जितकार

बिरगंज १७ चैत ।

वीरगंज रक्सौल मितेरी पुलमा अलपत्र परेका भारतीय नागरिकलाई सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी निकट राष्ट्रिय युवा संघ नेपाल पर्साले तयारी खाद्यान्न वितरण गरेको छ । संघ पर्सा संयोजक महम्मद निजामुद्दिनको नेतृत्वमा गएको टोलीले अलपत्र परेकाहरुलाई खाद्यान्न वितरण गरेको हो । नेपालको विभिन्न शहरबाट वीरगंज हुँदै रक्सौलबाट गन्तव्यमा जान लागेका उनीहरुलाई रक्सौल नाकामा बसेका भारतीय प्रहरीले प्रवेशमा रोक लगाएपछि उनीहरु मितेरी पुलमै अड्कीएका हुन् । नेपाल फर्कँन पनि नदिने र आफ्नो घर जान पनि आफ्नै सरकारले रोक लगाएपछि उनीहरुलाई अहिले खान, बस्न समस्या परेको छ । मितेरी पुलमा भारतीय नागरिक अलपत्र परेको जानकारी आएपछि आफूहरुले तत्काल २० कार्टुन पानी, भुजा, बिस्कुट, चाउचाउ लगेर वितरण गरेको युवा संघ पर्साका संयोजक महम्मद निजामुद्दिनले बताउनुभयो । राहत वितरण गर्न संघका केन्द्रीय सदस्य अरुण यादव, विमल पौडेल, मुकेश पाल लगायतको उपस्थिति रहेको थियो । दुवै देशबीच रोटी बेटीको सम्बन्ध रहेकाले भारतीय नागरिक अलपत्र पर्दा उनीहरुलाई सहयोग गर्नु आफूहरुको दायित्व बन्ने पनि उहाँले बताउनुभयो । नेपालका विभिन्न शहरबाट आइपुगेका एक हजारभन्दा बढी भारतीय नागरिक भारत छिर्न नपाउँदा मितेरी पुलमा अलपत्र परेर बसेका छन् ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.