Home » Blog » दोलखामा गोली चलाइँदा एकको मृत्यु

दोलखामा गोली चलाइँदा एकको मृत्यु

अंकुश दैनिक
0 comment 5 views

चरिकोट (दोलखा), ३१ वैशाख । दोलखाको मेलुङ गाउँपालिकामा नेपाली काँग्रेस र नेकपा (एमाले)का कार्यकर्ताबीच आज अपराह्न झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले बाध्य भई गोली चलाउँदा एक जनाको मृत्यु भएको छ ।
उक्त घटनामा काँग्रेस कार्यकर्ता नकुल भुजेलको मृत्यु भएको बुझिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज भट्टका अनुसार मेलुङ गाउँपालिकाको पवटी मतदान केन्द्रमा उक्त घटना भएको हो । झडपमा केही व्यक्ति घाइते भएका छन् । रासस

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.