8
वरिष्ठ पत्रकार ईश्वरचन्द्र गौतम ‘सुदर्शनराज पाण्डे स्मृति पत्रकारिता पुरस्कार–२०८२’ बाट पुरस्कृत भएका छन्। पत्रकारिता क्षेत्रको व्यावसायिकता, विश्वसनीयता र संस्थागत सुदृढीकरणमा पुर्याएको अतुलनीय एवं दीर्घकालीन योगदानको उच्च कदर गर्दै नेपाल पत्रकार महासंघ, पर्सा शाखाले उनलाई उक्त पुरस्कार प्रदान गरेको हो। लामो समयदेखि सत्यतथ्य समाचार सम्प्रेषणमा अडिग रही आफ्नो कर्मनिष्ठा र समर्पित भावनामार्फत समग्र पत्रकारिता जगत्लाई नयाँ ऊर्जा र मार्गदर्शन प्रदान गरेको भन्दै उनलाई यस सम्मानबाट विभूषित गरिएको हो।