Home » Blog » बलिउडको ‘मास्टरजी’ सरोज खानकाे निधन

बलिउडको ‘मास्टरजी’ सरोज खानकाे निधन

अंकुश दैनिक
0 comment 7 views

मुम्बई।

बलिउडकी चर्चित नृत्य निर्देशक  उर्फ मास्टरजी सरोज खानको बिहीबार राति हृदयघातले गर्दा निघन भएको छ।

उनी ७२ वर्षकी थिइन्।सरोजका पतिसँगै दुई छोरी र एक छोरा छन्।

बलिउडमा झण्डै ४ दशक काम गरेकी सरोजले ४ हजार बढी गीतमा नृत्य निर्देशन गरेकी छन्।

नृत्य निर्देशनमा तीन पटक राष्ट्रिय अवार्ड जितेकी सरोजले नृत्य निर्देशन गरेका चर्चित गीतमा संजय लीला भन्साली निर्देशित ‘देवदास’ सिनेमाको ‘डोला रे डोला’, माधुरी दिक्षित अभिनित ‘तेजाब’ सिनेमाको ‘एक दो तीन’ र ‘जब वी मेट’ सिनेमाको ‘ए इश्क हाय’ लगायतका छन्।

उनले अन्तिमपटक करन जोहर निर्मित ‘कंलक’ सिनेमाको ‘ तबाह हो गई’ गीतमा कोरियोग्राफी गरेकी थिइन्।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.