Home » Blog » वीरगन्जको केडिया पेट्रोल पम्पमा सिलबन्दी

वीरगन्जको केडिया पेट्रोल पम्पमा सिलबन्दी

अंकुश दैनिक
0 comment 5 views

वीरगन्ज । नापतौल तथा गुणस्तर कार्यालय वीरगन्जले वीरगन्जको केडिया अटो इन्टरप्राइजेजमा सिलबन्दी गरी विक्री वितरणमा रोक लगाएको छ । वीरगन्जको पावरहाउस चोकमा स्थित केडिया पेट्रोल पम्पबाट उपभोगतालाई कम तौलमा पेट्रोल विक्री वितरण गरेको फेलापरेपछि पम्पमा सिलबन्दी गरी विक्री वितरणमा रोक लगाएको हो ।
आपुर्ती मन्त्रालय र नापतौल तथा गुणस्तर कार्यालय वीरगन्जको संयुक्त टोलीले गरेको अनुगमनको क्रममा पम्पमा रहेको एउटा मेसिनबाट दश लिटरमा ९० ग्राम पेट्रोल कम दिइएको फेलापरेपछि आवश्यक कार्यवाहीका लागि पेट्रोल पम्पमा सिलबन्दी गरेको हो ।
आपुर्ती मन्त्रालयको अगुवाइमा भएको अनुगमनको क्रममा पेट्रोल पम्पको एउटा मेसिनबाट ३० देखी ९० ग्राम सम्म पेट्रोल कम विक्री वितरण गरेको भेटिएपछि कार्यवाही प्रकृया अगाडी बढाएको नापतौल तथा गुणस्तर कार्यालय वीरगन्जका प्रमुख राकेश झाले जानकारी दिनुभयो । उहाले विक्रेताले पेट्रोल विक्री वितरणका लागि प्रयोग गरेको मेसिनमा ठिक भएको नभएको जाँचबुझका लागि आज टेक्निशियन बोलाएको र छानविनको क्रममा मेसिनको किडनी भल्बमा गडबढी रहेको फेला परेको बताउनु भयो ।
उपभोगतालाई कम तौलमा पेट्रोल दिएको अभियोगमा केडिया इन्टरप्राइजेजलाई कानुन बमोजिम कार्यवाही अगाडी बढाउने प्रमुख झाले जानकारी दिनु भयो । अंकुश दैनिकमा समाचार छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.