Home » Blog » नगरपालिका घोषणाको स्वागत

नगरपालिका घोषणाको स्वागत

अंकुश दैनिक
0 comment 10 views

बीरगंज, ११ जेष्ठ । पर्सागढी गाउ“पालिकालाई नगरपालिका घोषणा गरेकोमा नेकपा माओवादी केन्द्र पर्सागढी नगरपालिकाले स्वागत गरेको छ । नेकपा माओवादी केन्द्रका नेता धन बहादुर श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले पर्सागढी नगरपालिकाको आज बसेको आकस्मिक बैठकले सरकारले नगरपालिका घोषणा गरेकोमा स्वागत गरेको हो । सरकारले स्थानीय तह थप गर्ने क्रममा पर्साका बहुदरामाई गाउ“पालिका र पर्सागढी गाउ“पालिकालाई नगरपालिका घोषणा गरेको निर्णय स्वागत योग्य रहेको नेकपा माओवादी केन्द्र पर्सागढीका संयोजक बालकृष्ण श्रेष्ठले बताउनुभयो । निर्णय प्रति सम्पूर्ण पर्सागढीवासीको तर्फबाट सरकारलाई धन्यवाद पनि व्यक्त गरेको छ । निर्णयले बहुदरामाईका जनताहरु हर्षित भएको श्रेष्ठले अंकुशलाई बताएका छन् ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.