Home » Blog » नेकपा एमालेको वडा भेला सम्पन्न

नेकपा एमालेको वडा भेला सम्पन्न

अंकुश दैनिक
0 comment 17 views

मनोज शाह
जितपुर बारा, ११ जेष्ठ ।  बारा जिल्लाको परवानीपुर गाउपालिका वडा स्थित ८ बेलहियामा एमाले वडा स्तरीय कार्यकर्ता भेला सम्पन्न भएको छ । समसेर अंसारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि एमाले सांसद नेजमा आलम ज्युले सरकारले बारा क्षेत्र न.४ को स्थानीय संरचना मा फेरबदल गर्दा आफू संग कुनै किसिमको छलफल नगरेकोमा दुख ब्यक्त गर्नु भएको थियो ।
सो अवसरमा बोल्दै सांसद आलमले आफुलाई जनताले प्रत्यक्ष निर्वाचित गरेको हुदा, निर्वाचन क्षेत्र मा कुनै किसिमको स्थानीय संरचना बारे पहिला आफू संग सुझाव संकलन नगरि काम गर्नु पर्ने मा, सरकार ले केन्द्रबाट जबरजस्ती गर्न खोजेकोले एमालेले सदन अवरोध गरिरहेको जानकारी दिनुभएको थियो । कार्यक्रमका बिशिष्ट अतिथि नेकपा एमाले बारा जिल्लाका उपाध्यक्ष देव नारायण चौधरीले स्थानीय चुनाव मा पार्टी को नीति तथा निर्देशन सम्बन्धी जानकारी दिनु भएको थियो ।
कार्यक्रम मा केंद्रीय निर्वाचन विभाग सदस्य रफीक हवारी, जिल्ला कमिटी सदस्य भिदेव चौधरी, जिल्ला कमिटी सदस्य महेश विश्वकर्मा, पूर्व जिल्ला कमिटी सदस्य रामलखन प्रजापति, क्षेत्रीय उपसचिव ई. मोबिन आलम, क्षेत्रीय सदस्य फिरोज अंसारी, क्षेत्रीय सदस्य सतनारायण मंडल लगायतका उपस्थिति रहेको थियो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.