Home » Blog » लागु औषध ईन्जेक्शन सहित एक जना पक्राउ

लागु औषध ईन्जेक्शन सहित एक जना पक्राउ

अंकुश दैनिक
0 comment 7 views

बीरगंज, १२ जेष्ठ । विहिवार बेलुका ८ बज तिर जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले गर्ने क्रममा लागु औषध ईन्जेक्शन सहित एक जनालाई पक्राउ गरेको छ । बीरगंज उप–महानगरपालिका वडा नं.३ छपकैयामा एक जना पुरुष भारत रक्सौल तर्फबाट उत्तर वीरगंज तर्फ पैदल हिडीरहेको अवस्थामा शंका लागि चेकजाच गर्दा लमजुङ, सुन्दरबजार न.पा वडा नं.२ बस्ने वर्ष २४ को सागर खत्रीको साथबाट लागूऔषध भेटाएको हो ।
निजले आप्mनो पेटको भागमा पत्रिकाले बेरी प्लास्टिकमा पोका पारी लुकाई छिपाई ल्याएको अवस्थामा ला.औ. ईन्जेक्शन फेनारगन ३० पिस, डाईजेल्याब ३० पिस र नुफिन ३० पिस जम्मा ९० पिस फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्र.ना.उ. चक्रराज जोशीले बताउनु भयो । पक्राउ परेका खत्रीलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको प्रवक्ता जोशीले बताउनु भयो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.