Home » Blog » ट्राफिक व्यवस्थापन सम्बन्धी अन्तरक्रिया सम्पन्न

ट्राफिक व्यवस्थापन सम्बन्धी अन्तरक्रिया सम्पन्न

अंकुश दैनिक
0 comment 4 views

वीरगंज, १२ जेष्ठ ।  ट्राफिक व्यवस्थापन सम्बन्धी प्याबसन र एन. प्याबसन द्धारा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अन्तरक्रिया कार्यक्रम मा प्याबसन का उपाध्यक्ष पुरन प्रधान, एन. प्याबसन का अध्यक्ष राम सुन्दर चौधरी, प्रहरी उपरिक्षक गोविन्द कुमार साह, विर्ता वडा प्रहरी कार्यलय प्रहरी निरिक्षक अनिष कर्ण, टूाफीक का प्रहरी निरिक्षक रविन्द्र भट्ट, विरगंज कमर्स कलेज का सुशिल भट्टराई, गौतम मा.वी का सोनम लामा, कञ्चनजं·ा का मार्टिन मोक्तान, अन्य विद्यालय का अर्विन्द सिंहको सहभागिता रहेको थियो । विरगंजको होटल मकालुमा आयोजीत कार्यक्रममा यही हप्ता ट्राफीक व्यवस्था फितलो भएकोले दुर्घटना भएको र एकजना छात्रा दिया अग्रवालको अकालमा मृत्यु भएको बक्ताहरुले आरोप लगाएका छन । साथै विरगंजको विभिन्न स्थानहरु जस्तै मकालु चौक, लक्षमनवा चौक, कैलास होटल चौक, बाईपास सडकखण्डको विभिन्न चौकहरुमा ट्राफीक व्यवस्थापन न भएकोले गर्दा बारम्बार आकास्मीक दुर्घटना हुने गरेको आरोप लगाइएको छ । उक्त कार्यक्रमको संचालन राकेश मिश्राले गर्नु भएको थियो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.