Home » Blog » रेडियो बीरगंजको १८ औं बार्षिकोत्सवको अवसरमा वृहत रक्तदान हुदै

रेडियो बीरगंजको १८ औं बार्षिकोत्सवको अवसरमा वृहत रक्तदान हुदै

अंकुश दैनिक
0 comment 3 views

बीरगंज, १८ मंसिर ।
मध्य तराइकै पहिलो रेडियो, रेडियो वीरगंज ९९ मेगाहर्जको १८ औं बार्षिकोत्सव विभिन्न कार्यक्रमको आयोजना गरी मनाउने भएको छ । समाजीक क्षेत्रमा समेत उल्लेख्य योगदान पुर्‍याउदै आएको रेडियो वीरगंजले १८ औ वार्षिकोत्सवको अवसरमा यहि मंसिर २० गते शनिबार रेडियो परिसरमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गर्ने बिहिबार रेडियो परिसरमा आयोजित पत्रकार सम्मेलनमा रेडियो वीरगंजका कार्यकारी अध्यक्ष ध्रुव साहले बताउनु भएको हो । उहाँले रेडियो वीरगंजले मध्य तराईमा आयोजना हुने रक्तदान कार्यक्रममा आफ्नो छुट्टै पहिचान बनाएको हुदा पुन: यस पटक पनि रेडियो वीरगंजले आयोजना गर्ने रक्तदान कार्यक्रम ऐतिहासिक रहने बताउनु भयो ।
पत्रकार सम्मेलनमा साहले यस पटक विश्वव्यापी कोरोना महामारीका कारण रेडियो बीरगंजको साताव्यापी रुपमा बार्षिक उत्सव मनाउने उद्देश्य पुरा हुन नसकेको समेत बताउनु भयो ।
रेडियो वीरगंजद्वारा जारी विज्ञप्तीमा कोरोना कहरका विच पनि प्रदेश २ मा रगतको अभावले कसैले जिवन गुमाउन नपरोस भन्ने उद्देश्यका साथ रक्तदान कार्यक्रमको आयोजना गरिएको कुरा उल्लेख गरिएको छ । विज्ञप्तीमा यस पटक रेडियो वीरगंजको नयाँ प्रस्तुतीको रुपमा टिभी वीरगंज परिक्षण प्रशारण भई रहेकोमा आगामी मंसिर २६ गते शुक्रवारबाट टिभी वीरगंजले समेत समाचार सहितका विविध कार्यक्रमको नियमित प्रशारण गर्ने कुरा उल्लेख गरिएको छ । यसैगरी सोही दिन देखि रेडियो पोखरीया १०५.८ मेगाहर्जले समेत नियमित प्रशारण शुरु गर्ने कार्यकारी अध्यक्ष साहले बताउनु भयो ।
पत्रकार सम्मेलनमा कार्यकारी अध्यक्ष साहले रेडियो बीरगंजले छिटै मनोरञ्जनको सौगातको रुपमा बीरगंज म्युजिकल एफएम १००.३ मेगाहर्ज समेत संचालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । पत्रकार सम्मेलनमा टिभी वीरगंजका संचालक सदस्य सुन्दर कुर्मी लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.