Home » Blog » मोटरसाइकल पार्किङ विवाद उग्र बन्दा वीरगञ्जमा एकको मृत्यु, एक पक्राउ

मोटरसाइकल पार्किङ विवाद उग्र बन्दा वीरगञ्जमा एकको मृत्यु, एक पक्राउ

Ankushdaily
0 comment 665 views
वीरगञ्ज ।
पर्साको वीरगञ्ज महानगरपालिकामा मोटरसाइकल पार्किङको विषयलाई लिएर उत्पन्न सामान्य विवादले उग्र रूप लिँदा एक जनाको ज्यान गएको छ। वीरगञ्ज महानगरपालिका–१३ मा शुक्रबार बिहान भएको उक्त दुःखद घटनामा सोही ठाउँका स्थानीय केपीचन्द राउतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले पुष्टि गरेको छ।
प्रहरीका अनुसार, वीरगञ्ज महानगरपालिका–२३ प्रसौनी निवासी अर्जुन यादवले राउतको घर अगाडि जबरजस्ती मोटरसाइकल पार्क गर्न खोजेपछि विवादको सुरुवात भएको थियो। घरधनी राउतले आफ्नो गेट अगाडि मोटरसाइकल नराख्न आग्रह गर्दा सुरु भएको भनाभन बढ्दै गएर हात हालाहालको अवस्थामा पुगेको थियो। जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) हरिबहादुर बस्नेतका अनुसार, सोही क्रममा भएको धकेलाधकेलमा परी राउत गम्भीर घाइते भएका थिए। उनलाई तत्कालै उपचारका लागि अस्पताल लगिएको भए पनि उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन्।
घटनालगत्तै प्रहरीले कुटपिट तथा घटनामा संलग्न रहेको आरोपमा अर्जुन यादवलाई नियन्त्रणमा लिएको छ।
प्रहरीले घटनाको प्रकृति र मृत्युको कारणबारे अनुसन्धान सुरु गरिसकेको जनाएको छ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.