Home » Blog » दुई पटक जिताउने मधेशी मतदातालाई प्रदीप यादवले धोका दिए: लालबाबु राउत

दुई पटक जिताउने मधेशी मतदातालाई प्रदीप यादवले धोका दिए: लालबाबु राउत

Ankushdaily
0 comment 34 views
वीरगञ्ज ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका महासचिव एवं मधेश प्रदेशका प्रथम मुख्यमन्त्री लालबाबु राउतले आफ्ना पूर्व सहकर्मी प्रदीप यादवले मधेश र मधेशी जनताको विश्वासमाथि गम्भीर कुठाराघात गरेको आरोप लगाएका छन्।
एक कार्यक्रमलाई सम्बोधन गर्दै राउतले पार्टी र आम मतदाताले दुई–दुई पटक निर्वाचित गराएर अवसर दिँदा पनि यादवले अन्त्यमा मधेश विरोधी शक्तिसँग साँठगाँठ गरेको टिप्पणी गरे। उनले यादव अहिले यस्तो कित्तामा उभिन पुगेका छन्, जुन शक्तिलाई मधेश आन्दोलन र मधेशी जनताको भावनाको सबैभन्दा ठूलो विरोधी मानिन्छ भन्दै उनको राजनीतिक नैतिकतामाथि प्रश्न उठाए। सम्बोधनका क्रममा महासचिव राउतले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको विगतका विवादास्पद अभिव्यक्तिहरूप्रति रोष प्रकट गरे।
मधेश आन्दोलन उत्कर्षमा रहेका बेला आन्दोलनकारीको शहादतलाई लक्षित गर्दै ओलीले ‘रुखबाट दुई–चार वटा आँप झर्दैमा केही हुँदैन’ भन्ने असंवेदनशील टिप्पणी गरेको स्मरण गराउँदै, राउतले आज यादव तिनै प्रवृत्तिको साझेदार बन्न पुगेको बताए। यसका साथै, उनले ओलीको कुशासन र गलत नीतिकै कारण ‘जेनजी’ युवाहरूले अकालमा ज्यान गुमाउनु परेको र मुलुकका युवापुस्ता प्रताडित हुनुपरेको भन्दै आलोचना गरे।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.