Home » Blog » रास्वपाको प्रचार गरेको आरोपमा प्रहरी हवल्दार पटेल नियन्त्रणमा

रास्वपाको प्रचार गरेको आरोपमा प्रहरी हवल्दार पटेल नियन्त्रणमा

Ankushdaily
0 comment 255 views
वीरगन्ज।
सामाजिक सञ्जालमार्फत राजनीतिक दलको प्रचारप्रसार गरेको आरोपमा पर्सा प्रहरीले एक जना बहालवाला प्रहरी हवल्दारलाई नियन्त्रणमा लिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनावी अभियान र गतिविधिलाई सामाजिक सञ्जालमा निरन्तर प्रचार तथा समर्थन गरेको अभियोगमा प्रहरी हवल्दार श्यामनारायण पटेललाई नियन्त्रणमा लिइएको हो। जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत पटेललाई नेसनल मेडिकल कलेज क्षेत्रबाट नियन्त्रणमा लिई आवश्यक छानबिन सुरु गरिएको छ।
पर्सा स्रोतका अनुसार, हवल्दार पटेलले विगत केही दिनदेखि प्रहरी आचरण र मर्यादा विपरीत सामाजिक सञ्जालमा राजनीतिक टिप्पणी र प्रचार सामग्री पोस्ट गर्दै आएका थिए। सुरक्षा निकायमा कार्यरत कर्मचारीले कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्ष/विपक्षमा प्रचारप्रसार गर्न नपाइने प्रहरी ऐन तथा नियमावलीको स्पष्ट व्यवस्था छ। सोही आचारसंहिता उल्लङ्घन गरेको पाइएपछि उनलाई नियन्त्रणमा लिई विभागीय आन्तरिक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.