Home » Blog » महालक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २०औं बार्षिक साधारणसभा सम्पन्न

महालक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २०औं बार्षिक साधारणसभा सम्पन्न

अंकुश दैनिक
0 comment 34 views

बिरगंज ।
बिरगंज माईस्थान स्थित महालक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २० वार्षिक साधारणसभा आज गहवामाई मन्दिरको अतिथी सदनमा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष ईश्वरचन्द्र गौतमको सभापतित्वमा संचालन गरिएको कार्यक्रममा स्वगत मन्तव्य डा. दिपक शाक्यले व्यक्त गरेका थिए भने आ.व २०७६/७७ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष ईश्वरचन्द्र गौतमले संस्थाको कुल आम्दानी रु.५ करोड २८ लाख, खर्च रु. २ करोड ७२ लाख, संचालन मुनाफा रु.२ करोड ५६ लाख भएको र कोभिड-१९ को बन्दावन्दिको विपन परस्थितिमा पनि सदस्यहरुलाई १८० प्रतिशत लाभाश वितरण गर्न संस्था सफल भएको समेत जानकारी गराउनु भयो।

कार्यक्रममा प्रमुख अतिथि विरगज महानगरपालिकाका उपप्रमुख सुत्री शान्ति कार्की, अतिथी पर्सा बचत तथा बृण सहकारी सघंका अध्यक्ष राजेश पंडित, संस्थाका लेखा समिति संयोजक श्री प्रद्युमन प्रसाद सेढाइ, सदस्य रिेतेश गुप्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए भने धन्यवाद ज्ञापन श्री अमर राजभण्डारीले गरेका थिए ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.