Home » Blog » नवनिर्वाचित महासंघका केन्द्रिय सदस्यद्वयलाई स्वागत तथा सम्मान

नवनिर्वाचित महासंघका केन्द्रिय सदस्यद्वयलाई स्वागत तथा सम्मान

अंकुश दैनिक
0 comment 4 views

संतोष रन्जितकार
वीरगंज, १९ मंसिर ।
वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष तथा वरिष्ठ उपाध्यक्षलाई वीरगंज उद्योग वाणिज्य संघले एक कार्यक्रमको आयोजना गरी स्वागत तथा सम्मान गरेको छ । संघका अध्यक्ष गोपाल केडिया तथा वरिष्ठ उपाध्यक्ष सुबोध गुप्तालाई संघले स्वागत तथा सम्मान गरेको हो ।
अध्यक्ष केडिया एवं वरिष्ठ उपाध्यक्ष गुप्ताले नेपाल उद्योग वाणिज्य महासंघको गत मंसिर १३ भएको निर्वाचनमा सदस्य पदमा विजयी भएपछि नवनिर्वाचित दुवै केन्द्रिय सदस्यलाई बीरगन्ज उद्योग वाणिज्य संघका कर्मचारीहरुले स्वागत तथा सम्मान गरेका थिए । जिल्ला तथा नगर उद्योग वाणिज्य संघको खुला तर्फबाट कार्यकारणी सदस्यमा निर्वाचित भएका बीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडिया र वस्तुगत संघ संस्थाबाट कार्यकारणी सदस्यमा निर्वाचित भएका संघका वरिष्ठ उपाध्यक्ष सुबोध कुमार गुप्तालाई फुलमाला र अविरको टिका लगाई स्वागत तथा सम्मान गरेका थिए ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.