Home » Blog » रेडियो वीरगंजको १८ औं वार्षिकोत्सवको अवसरमा वृहत रक्तदान कार्यक्रमको आयोजना

रेडियो वीरगंजको १८ औं वार्षिकोत्सवको अवसरमा वृहत रक्तदान कार्यक्रमको आयोजना

अंकुश दैनिक
0 comment 6 views

वीरगंज, २० मंसिर ।
मध्य तराइकै पहिलो रेडियो, रेडियो वीरगंज ९९ मेघाहर्जको १८ औं बर्ष पुरागरी १९ औं बर्षमा प्रवेश गरेको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । रेडियोको आफ्नै प्रा·णमा आयोजित रक्तदान कार्यक्रममा २१ महिला सहित २ सय ६१ जनाले रक्तदान गरेका हुन् ।
रक्तदान गर्नेहरुमा ईश्वर यादव, विकाश चौहान, मनमोहन पटेल, विश्वास प्रताप साह, रश्मी मिश्रा, मनोज कुमार कर्ण, विन्दा प्रसाद यादव, विवेक कुमार यादव, रंजित महतो, वफिर मिया, रमेश साह, कन्हैया साह लगायत २ सय ६१ जनाले रक्तदान गरेका छन् ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी रक्त सञ्चार केन्द्रका प्रमुख सौरभ राज पाण्डे नेतृत्वको टोली र प्रभु अस्पतालका नर्स तथा अहेवले प्राविधिक सहयोग पुर्‍याएका थिए ।
कार्यक्रमको समापन गर्दै रेडियो वीरगंजका कार्यकारी अध्यक्ष धु्रव साहले कार्यक्रममा सहयोग गर्ने सम्पुर्ण स्रोता, विज्ञापन दाता, प्रायोजक शुभचिन्तकहरुलाई धन्यवाद ज्ञापन गर्नु भयो । साहले रेडियो वीरगंजको १८ औ बार्षिक उत्सवको अवसर पारेर टिभी बीरगंजको आगामी मंसिर २६ गते देखि नियमित प्रशारण शुरु हुने, सोही दिन रेडियो बीरगंजको दोश्रो प्रस्तुति रेडियो पोखरीया १०५.८ मेगाहर्जको समेत नियमित प्रशारण शुरु हुने र रेडियो वीरगंजकै भातृ संस्थाको रुपमा म्युजिकल एफएम १००.३ मेगाहर्जको परिक्षण प्रशारण पनि यसै बर्ष शुरु गरिने घोषणा गर्नुभएको थियो ।
कार्यक्रममा प्रदेश सभा सदस्य राजेश्वर साह तेली, ओमप्रकाश शर्मा, जसपाका केन्द्रिय सदस्य राजेशमान सिह, शिव पटेल, नेजामोद्दिन समानी, नेपाली कांग्रेसका नेता श्याम पटेल, जिल्ला प्रहरी कार्यालय पर्साकी प्रहरी उपरिक्षक गंगा पन्त, सशस्त्र प्रहरी उपरिक्षक राजेन्द्र खड्का, नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का अध्यक्ष दिपेन्द्र चौहान, नेपाल रेडक्रस सोसाईटी प्रदेश नम्बर २ का अध्यक्ष फुल महम्मद मिया, संघिय समाजवादी पार्टीका जिल्ला अध्यक्ष हरेन्द्र साह कानु, नेता रमेश पटेल, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, वीरगंज युवा समाजका कमल चौगाई, ग्रिन सिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतान, नेविसंघका पूर्व केन्द्रिय सदस्य वैकुण्ठ श्रीवास्तव, युवा अभियन्ता ओम प्रकाश सर्राफ, नेपाल तरुण दल बाराका अध्यक्ष लोकेश सिंह लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.