Home » Blog » विरगंजमा बृहत सरसफाई कार्यक्रमको आयोजना

विरगंजमा बृहत सरसफाई कार्यक्रमको आयोजना

अंकुश दैनिक
0 comment 5 views

बीरगंज, १३ जेष्ठ ।  बीरगंजका गैरसरकारी रमाइलो कुरा नामक संस्थाले आज विरगंजमा बृहत सरसफाई कार्यक्रमको आयोजना गरेको छ ।
संस्थाका अध्यक्ष स्पनिल सिंह ठकुरीको नेतृत्वमा विरगंजको घण्टाघर, मीनाबजार, माइस्थान लगायतका स्थानमा सरसफाई गरिएको हो । विरगंजलाई सफा, सुन्दर बनाउनका लागि सरसफाई गरिएको ठकुरीले बताउनुभयो । सरसफाई कार्यक्रममा नेपाल प्रहरी, बाबा बोर्डिङ स्कुल, विरगंज उप–महानगरपालिकाका कर्मचारी लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.