Home » Blog » फोरम मधेशद्वारा बिरोध ¥याली

फोरम मधेशद्वारा बिरोध ¥याली

अंकुश दैनिक
0 comment 6 views

बीरगंज, १३ जेष्ठ ।   दोस्रो चरणको स्थानीय तह निर्वाचन वहिष्कारको माग गर्दै मधेशी जनअधिकार फोरम मधेशले आज विरगंजमा विरोध ¥याली निकालेको छ ।
फोरम मधेशका केन्द्रिय अध्यक्ष भाग्यनाथ गुप्ताको नेतृत्वमा निस्किएको ¥यालीले घण्टाघर, माइस्थान, आर्दशनगरलागयत भन्सार सम्म पुगेको थियो । ¥यालीमा चुनाव वहिष्कार, स्थानीयमा निकायको निर्वाचनमा सेना परिचालन गर्ने निर्णय बदर गर्नु पर्ने, पूर्ण समानुपातिक जनसंख्याको आधार निर्वाचन क्षेत्र घोषणा गर्नु पर्ने, समग्र मधेश एक प्रदेश, संविधानको पुनरलेखन हुनु पर्ने लगायतका माग राख्दै ¥याली निकालिएको हो ।
¥यालीमा केन्द्रिय अध्यक्ष गुप्ताका साथै, उपाध्यक्ष जयकरणप्रसाद यादव, श्याम गुप्ता, राम भगत लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.