Home » Blog » सुर्तिजन्य पदार्थका कारण वर्षेनी १५ हजार नेपालीको मृत्यु हुदै

सुर्तिजन्य पदार्थका कारण वर्षेनी १५ हजार नेपालीको मृत्यु हुदै

अंकुश दैनिक
0 comment 3 views

बिजय चौहान
वीरगन्ज, १७ जेष्ठ ।  सुर्तीजन्य पदार्थका कारण वर्षेनी १५ हजार नेपालीहरुको अकालमै मृत्यु हुने गरेको सरोकारवालाहरुले बताएका छन् । यसको नियन्त्रणमा सरकारको दोहोरो मापदण्ड कै कारण वर्षमा १५ हजार भन्दा बढी नेपाली नागरिकले अकालमै ज्यान गुमाउनु परेको वक्ताहरुले बताआरोप लगाएका छन् ।
विश्व धुम्रपान तथा सुर्ति रहति दिवसको आवसरमा आज वीरगन्जमा जिल्ला जन स्वास्थ्य कार्यालय पर्साले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरुले यस्तो बताएका हुन ।
‘सुर्ति जन्य पदार्थले विकासलाई अवरोध गर्छ ’ भन्ने मुख्य नाराको साथ नेपाल सरकारले विश्व धुम्रपान तथा सुर्तिरहित दिवसका मनाउन लागेको भएपनि देश भरी नै सुर्ति देखी देखी गुटखा उत्पादन गर्न समेत इजाजत दिई सर्वसाधारणको ज्यानसंग सरकारले खेलवाड गरेको वक्ताहरुले धारणा व्यक्त गरेका छन् ।
जिल्ला जन स्वास्थ्य कार्यालय पर्साका प्रमुख वृजकिसोर पडितको अध्यक्षतमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेल, नेपाल पत्रकार महासंग पर्सा शाखाका अध्यक्ष श्याम बन्जारा, विभिन्न संचारसंस्थाका प्रतिनीधिहरुले सुर्ति जन्यपर्दाको विक्री वितरणमा सरकारले रोक नलगाएको कारण सोको प्रयोगमा नेपाली नागरिक विरामी हुदा वर्षको अर्बौ रुपैया उपचारका नाममा मुलुक बाहिरिनुका साथै हजारौले ज्यान गुमाउनु परेको बताएका थिए ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.