Home » Blog » एक महिने कम्प्युटर हार्डवेयरको निःशुल्क तालिम उद्घाटन

एक महिने कम्प्युटर हार्डवेयरको निःशुल्क तालिम उद्घाटन

अंकुश दैनिक
0 comment 4 views

बीरगंज, १७ जेष्ठ ।  बाल बालिका लक्षित वर्ग का लागी एक महिने कम्प्युटर हार्डवेयर निःशुल्क तालिमको उद्घाटन भएको छ । दक्ष जनशक्ति उत्पादन गर्न कम्प्युटर अफ सफ्टवेयर एजुकेशन एण्ड आई.टी को सभाहलमा आज एक समारोह का बिच उद्घाटन भएको छ । बिरगंज उप–महानगरपालिका आर्थिक सहयोगमा भएको तालिममा आयोजक कम्प्युटर अफ सप्mटवेयर एजुकेशन एण्ड आई.टी रहेको छ । सहभागी परिक्षार्थीहरु मा खुश्बु गिरि,नेहा साह,सुधा यादव,सुमेस श्रेष्ठ ,प्रविन खडका लगायत ३० जना को सहभागिता रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथिमा बिरगंज उप महानगर पालिका नगरकार्य पालिकाका समाजिक विकाश तर्फका अधिकृत प्रतिज्ञा बैघ, अतिथि हरु मा मन्सुर खान, महमुद आलम, प्रशिक्षक मुन्ना महतो रहेका छन् । कार्यक्रमको अध्यक्षता कम्प्युटर अफ सफटवेयर एजुकेशन एण्ड आई.टी का शेख फिरोजले गर्नु भएको थियो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.