Home » Blog » महिला ९ जना सहित ६७ जना द्वारा रक्तदान

महिला ९ जना सहित ६७ जना द्वारा रक्तदान

अंकुश दैनिक
0 comment 6 views

मनोज शाह
जितपुर बारा, २० जेठ ।  रक्तदान जिवन दान नाराका साथ आज बारा जिल्लाको जितपुर–सिमरा उप–महानगरपालिका वडा ७ जितपुरमा रहेको जितपुर युवा क्लब जितपुरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । जितपुर युवा क्लबले रक्तदान गरेको उदेश्य गर्मी समयमा रगत अभाव भएको हुनाले मध्यनजर गर्दै रक्तदान आयोजना गरेको जितपुर युवा क्लबका सल्लाहकार गम्भिरा सहनीले अंकुश दैनिकलाई बताए ।
रक्तदान कार्यक्रममा ६७ जना रक्तदान दिएको थियो । कार्यक्रममा ९ जना महिला सहित ६७ जनाले रक्तदान गरेको थियो । सशस्त्र प्रहरी बेश क्यापका प्रहरी जवानले ३ जना र जनपद प्रहरी जितपुरका स प्रहरी राज किशोर प्रसाद यादव समेत रगत दिएको थियो ।
रक्तदान दिनेहरुमा रुपा पुरी, सिता शर्मा, भवानी मल्ल, कबिता चौरसिया, पुनम भुजेल, सतोषी सिंह, मनोज गुप्ता, शोखर भण्डरी, रजित गुप्ता किरण पुरी, आत्मराम अधिकारी, ६७ जना लगायतका रक्तदान दिएको थियो । रक्तदान कार्यक्रमका प्रबिधिक ब्लड एसोसियन बिरगंज पर्साको सहयोग रहेको थियो । कार्यक्रमका सभापति जितपुर युवा क्लबका अध्यक्ष मनोज कुमार साहको सभापतित्वमा कार्यक्रममा सम्पन्न भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि युवा संध नेपाल जितपुरका अध्यक्ष सुनिल गुप्ता रहनु भएको थियो भने अतिथिहरु नेकपा एमाले बारा जिल्ला उपध्यक्ष देवनारायण चौधारी, नेपाली काग्रेसका महाधिवेशन प्रतिनिधि हरी थपलीया, फोरम लोकतन्त्रिक पाटी श्रीराम साह ,राजपा नेता शिवजी सोनार, तरुण दलका अध्यक्ष शक्ति गुप्ता, युनिक युवा कल्बका अध्यक्ष दिपक गुप्ता, लियो क्लबका अध्यक्ष किरण पुरी, बारा महिला उत्थान केन्द्रका श्रीमती मालती गिरी, एकल महिला संध अध्यक्ष श्रीमती मिरापुरी, सगरमाथा बचत तथा ऋण सहकारी अध्यक्ष श्रीमती शिता उप्रेती, संध सस्थाका सदस्य र सचारकर्मी लगायतका उपस्थिती रहेको थियो । रक्तदान कार्यक्रमका सहजीकरण नेलिश बर्माले गरेका थिए ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.